नेपाली सेनाको निःशुल्क शिविरमा दुई हजारले उपचार पाए
रौतहट । रौतहटको गढीमाई नगरपालिका स्थित नेपाली सेनाद्वारा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार जना बिरामीले उपचार सेवा पाएका छन्।
नेपाली सेना मध्य पूर्वी पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल तथा वीरदल गण र गढीमाई नगरपालिकाको सहकार्यमा वडा १ समनपुर स्थित श्री शंकर गुदर माविको प्राङ्गणमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार एक जना बिरामीले उपचार पाएका हुन्।
सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहुँचबाट वञ्चित समुदायहरूलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको वीरदल गणका गणपति कर्णेल गंगाबहादुर विष्टले बताएका छन्।
लक्षित वर्गलाई लाभ तथा नेपाली सेना र नागरिक बिचको सम्बन्ध प्रगाढ होस भन्ने उद्देश्यले सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख सङ्ख्यामा बिरामीले स्वास्थ्य लाभ लिएको कर्णेल बिस्टले जानकारी दिए।
शिविरको उद्घाटन कार्यक्रममा गढीमाई नगर प्रमुख श्यामबाबु यादवले स्वास्थ्य शिविरबाट गरिब तथा आर्थिक रूपले विपन्न समुदायले आफ्नै घर दैलोमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य लाभ लिन पाउनु नगरवासीको सौभाग्य रहेको विचार राखेका थिए।
नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर , चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताल लगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
-
अमेरिका र इरानबिच दोहामा अप्रत्यक्ष प्राविधिक वार्ता
-
कर्णाली प्रदेश सभा बैठक अझै बस्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण