पूर्वसहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
आइतबार, २० जेठ २०८१, २१ : ३०
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
विशेष अदालतले २०६९ मंसिर ११ गतेमा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो । विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यति रकम असुलउपर गर्नुपर्ने ठहर गरेको थियो ।
उनीसँग सोही बराबर थप जरिवाना हुने विशेषको फैसला थियो । विशेषले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले आइतबार विशेषले गरेको निर्णय मिलेकै देखिएको भन्दै सदर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
-
नेपाल वायुसेवा निगमले ६८औँ वार्षिकोत्सव मनायो
-
मुख छोपेर कुरा गर्दा रातो कार्ड पाउने दोस्रो खेलाडी बने इक्वेडरका हिन्कापी
-
अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी
-
औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदै
-
मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण