ओलीलाई चुनौती दिएका बालेनले लेखे– गुडनाइट केपी बा !
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको फेसबुक स्टाटसमा प्रतिक्रिया दिएका छन् । सोमबार राति अध्यक्ष ओलीले लेखेको स्टाटसमा कमेन्ट गर्दै मेयर शाहले भनेका छन्– ‘गुड नाइट केपी बा, मिठो सपना देख्नुस् ।’
ओलीले सोमबार राति गोसाइँकुण्डको स्मरण गर्दै फेसबुकमा श्रीमती राधिकासहितको फोटो राखेका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ। राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो। यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ। शुभ रात्रि !’ सोही स्ट्याटसमा बालेनले आफ्नो टिप्पणी गरेका हुन् । बालेनको सो कमेन्टमा समेत हजारौँ कमेन्ट र जवाफहरु आएका छन् ।

मेयर शाहले सोमबारै अध्यक्ष ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन भन्दै कटाक्ष गरेका थिए । मेयर शाहले झापाको गिरीबन्धु टी स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण