तेस्रो पटक प्रधानमन्त्री बन्लान् मोदी ?

नयाँ दिल्ली । लोकसभा चुनाव २०२४ को नतिजाको तस्वीर अब बिस्तारै स्पष्ट हुँदै आइरहेको छ । भारतीय जनता पार्टी (बीजेपी)ले ह्याट्रिक गर्ला ? कि एनडीएको विजयरथ रोक्न कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन सफल होला ? भन्नेमा यतिबेला धेरैको चासो छ ।
केही घन्टामै यी प्रश्नहरूको जवाफ आउनेछ । हालसम्मको लोकसभा चुनावको प्रवृत्ति अनुसार बेजीपी नेतृत्वको एनडीएले ४०० भन्दा धेरै सिटमा जित्ने दाबी ‘हात्ती आयो हात्ती आयो फुस्सा’ बनेको छ ।
चुनाव आयोगको पछिल्लो डेटा अनुसार बीजेपी बहुमतभन्दा निकै पर छ । अहिलेसम्म बीजेपीले २३८ सिटमा मात्रै अग्रता लिइरहेको छ । कांग्रेस भने ९४ सिटमा अगाडि छ । अखिलेश यादवको समाजवादी पार्टी ३४ सिटमा अगाडि छ । ममता बनर्जीको टीएमसी बंगाल ३१ सिटमा अगाडि छ । डीएमेक २१ र टीडीपी १६ सिटमा अगाडि छन् । नीतिश कुमारको जदयू १५ सिटमा अगाडि बढिरहेको छ ।
अहिलेसम्मको रुझानअनुसार बीजेपी नेतृत्वको एनडीए गठबन्धन २९३ सिटमा अगाडि छ । कंग्रेसको नेतृत्वको इन्डिया गठबन्धन भने २२९ सिटमा अगाडि छ । यस्तोमा बीजेपी स्पष्ट बहुमतभन्दा निकै टाढा छ । सन् २०१९ मा भएको चुनावमा, बीजेपीले ३०३ सिट जितेको थियो । यस पटकको उसले ६५ सिट गुमाउने देखिएको छ ।
अघिल्लो निर्वाचनको तुलनामा यस पटक कांग्रेसले झण्डै दोब्बर सिट जित्ने देखिन्छ । २०१९ को चुनावमा कांग्रेसले ५२ सिटमा जित हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे