अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोेच्चले असार १२ गते फैसला सुनाउने
बुधबार, २३ जेठ २०८१, १६ : २०
काठमाडौँ । सर्वोच्च अदालतले माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर मुद्दामा सर्वोच्चले बुधवार सुनुवाइ सकेर फैसला सुनाउने पेशी तोकेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।
१२ वर्षअघि अर्थात २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
-
अमेरिका र इरानबिच दोहामा अप्रत्यक्ष प्राविधिक वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण