क्यानडा र भारत तनावबिच बधाईमा ट्रुडोले के भने मोदीलाई ?
नयाँ दिल्ली । भारतमा लोकसभा चुनाव २०२४ को नतिजा आइसकेको छ । २४० सिट ल्याएर भाजपा सबैभन्दा ठुलो पार्टी बनेको छ ।
बहुमत ल्याएपछि भाजपा नेतृत्वको एनडीएले सरकार गठनको प्रक्रिया सुरु गरेको छ । नरेन्द्र मोदीले फेरि एक पटक देशको प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
जुन ९ मा शपथ ग्रहण समारोह हुनसक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा विश्वभरका नेताहरूले मोदीलाई बधाई दिइरहेका छन् । पछिल्लो समय भारत र क्यानडाबिचको सम्बन्धमा तनाव बढ्दै गइरहेको स्थितिमा त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि नरेन्द्र मोदीलाई जीतको शुभकामना दिएका छन् ।
बधाई के भने ?
ट्रुडोले बुधबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा मोदीलाई शुभकामना दिएका छन् । ‘निर्वाचनमा जीतका नरेन्द्र मोदीलाई बधाई छ,’ उनले लेखेका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत वर्ष सेप्टेम्बरमा क्यानडाको संसदमा विज्ञप्ति जारी गर्दै निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाएका थिए । भारतले क्यानडाको आरोपलाई आधारहीन भन्दै खण्डन गरेको थियो ।
यो घटनापछि दुई देशबिचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । निज्जर हत्याकाण्डमा भारतीय विदेशमन्त्री एस जयशंकरले राज्यसभामा क्यानडाले अहिलेसम्म कुनै ठोस प्रमाण नदिएको बताएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण