रुपन्देहीको देवदहमा प्राचीन इनार भेटिएको दाबी

बुटवल । रुपन्देहीको देवदहमा प्राचीन इनार भेटिएको छ । बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गरिँदै आएको देवदहस्थित खयरडाडाँमा साढे तीन फिट गहिरो इट्टाको प्राचीन इनार भेटिएको हो ।
देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष र पुरातत्त्व विभागले जेठ १६ गतेदेखि सुरु गरेको उत्खनन्का क्रममा पूर्ण आकारमा रहेको प्राचीन इट्टाको इनार भेटिएको लुम्बिनी विकास कोषले दाबी गरेको छ ।
२ मिटर चौँडाइ र साढे ३ मिटर गहिरो इट्टाको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्त्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए । ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस तल्लो भाग भेटिएको छ’ उप्रेतीले भने ।
उप्रेतीका अनुसार प्राचीन इनार भए पनि कुन समयको हो भन्ने अझै यकिन भैसकेको छैन । इनारको दक्षिणतर्फ प्राचीन पर्खाल र भग्नावशेषहरू भेटिएको उप्रेतीले बताए । देवदहका स्थानीयहरूले भने बुद्धको मावलीको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् ।
प्राचीन कोलिय राज्यका क्षेत्रहरूमा निरन्तर उत्खनन् अध्ययनको आवश्यकता रहेको पुरातत्त्व विभागका अधिकृत राजेश परियारले बताए । उनले खयरडाँडामा उत्खनन्बाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदमहरूअगाडि बढाउने बताए ।
कोषका अधिकृत उप्रेतीको नेतृत्वमा पुरातत्त्व अधिकृत परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान र विज्ञका रूपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन् । उत्खनन् अझै एक महिना चल्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो