फ्राइडे रिलिज : ‘लन्डन टु पेरिस’ भर्सेज ‘गाउँ आएको बाटो’
काठमाडौँ । आज शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ प्रदर्शनमा आएका छन् । यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘गाउँ आएको बाटो’ गाउँको कथा बोलेको फिल्म हो, भने ‘लन्डन टु पेरिस’ले प्रेमकथा विषय बनाएको छ ।
‘लन्डन टु पेरिस’ :
घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी लगायतको अभिनय रहेको फिल्म हो । निश्चल र गरिमाले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
ट्राभल लभस्टोरीको कथामा बनेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गरेको हो ।
‘गाउँ आएको बाटो’:
नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईको मुख्य अभिनय छ । बाबुछोरोको कथामा निर्माण भएको फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गरिएको हो ।
अमोद राई र निर्देशक सुब्बा निर्माता रहेको फिल्मको पटकथा निर्देशनमा सुब्बाले महेश राईसँग सहकार्यमा तयार गरेका हुन् ।
फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ, भने कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण