तेस्रो पटक प्रधानमन्त्री बनेपछि मोदीको पहिलो विदेश भ्रमण इटाली
नयाँ दिल्ली । तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने भएका छन् । जी सेभेनको शिखर सम्मेलनमा सहभागी हुन मोदी बिहीबार इटालीको अपुलिया जान लागेका हुन् ।
भारतका परराष्ट्र सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । ‘इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदी ५० औँ जी७ शिखर सम्मेलनमा भाग लिन भोलि इटालीको अपुलिया जानेछन्,’ उनले भनेका छन् । शिखर सम्मेलन जून १४ मा इटालीमा हुने र त्यहाँ भारतलाई आउटरिच देशको रूपमा आमन्त्रित गरिएको बताइएको छ ।
भारत जीसेभेनको सदस्य होइन । तर उसलाई आउटरिच देशको रूपमा निमन्त्रणा गरिएको छ । ‘तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हुनेछ । यसले जीसेभेन शिखर सम्मेलनमा उपस्थित अन्य विश्व नेताहरूसँग महत्त्वपूर्ण विषयमा छलफल गर्ने अवसर पनि दिनेछ ,’ परराष्ट्र सचिवले भनेका छन् ।
यस शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, जापानी राष्ट्रपति फुमियो किशिदा र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि सहभागी हुनेछन् । यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीका प्रधानमन्त्री जर्जियो मेलोनीसँग पनि भेटवार्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण