३० दिनमा रौतहटमा ४१ फरार प्रतिवादी पक्राउ
रौतहट । रौतहट प्रहरीले मात्र ३० दिनभित्र ४१ जना फरार प्रतिवादी पक्राउ गरेको छ भने सोही अवधिमा ट्राफिक प्रहरीले १८ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ। फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिबाना सजाय रोकिएर फरार रहेका ४१ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले पक्राउ गरेको हो।
गत जेठ १ गतेदेखि ३० गतेसम्म पक्राउ परेका सबै जना फैसला कार्यान्वयन लागि जिल्ला अदालत गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ एसपीको रूपमा दिलीप घिमिरेले कमान्ड सम्हाले देखि एउटा छुट्टै अभियान सञ्चालन गरेर फरार प्रतिवादीलाई पक्राउ गरी कारबाही तथा फैसला कार्यान्वयन गराउन तीव्रता दिइएको छ।
त्यस्तै ट्राफिक प्रहरी कार्यालयले मात्र ३० दिनको अवधिमा १८ लाख रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख इन्स्पेक्टर सुशील आचार्यले जानकारी दिए । यही जेठ १ गते देखि हिजो बुधवार ३० गते सम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको चेकजाँचको क्रममा सवारी नियम उल्लङ्घन गर्ने १५८५ जना सवारी चालकहरूलाई सवारी नियम अनुसार कारबाही गरि १८ लाख,७० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी प्रवक्ता डीएस्पी गिरीले बताएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण