सिरहामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
सिरहा । सिरहामा मोटरसाइकल दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाकुले जानकारी दिए ।
आफैले चलाएको स ६ प ४७५३ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण दुर्घटना हुँदा नरहा गाउँपालिका १ देवीपुरका करिब २५ वर्षीय सीताराम दासको उपचारको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ नयाँ चोहर्वादेखि पश्चिम अत्यधिक गतिमा चार जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको डीएसपी पञ्चकुमार बाकुलेले जानकारी दिए ।
उनका अनुसार दुर्घटना लगतै प्रहरीको सहयोगमा दुई जना घाइतेहरूलाई गोलबजारस्थित लाईफलङ्ग अस्पताल र दुई जनालाई भूमिजा अस्पताल पुर्याएका थिए । मृतक दासको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । लाईफलङ्ग अस्पतालमा उपचाररतमध्ये दासको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
अर्का गम्भीर घाइते मिर्चैया नपा २ का बाबुलाल मण्डललाई थप उपचारको लागि विराटनगर पठाइएको छ । अन्य दुई जनाको भूमिजामा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण