सिरहामा हत्या गरेको अवस्थामा भेटिएकी युवतीको सनाखत भएन
आइतबार, ०२ असार २०८१, २१ : २४
काठमाडौँ । सिरहाको बरियारपट्टि गाउँपालिका–३ स्थित शिवनगरमा मृत अवस्थामा भेटिएकी युवतिको सनाखत भएको छैन । आइतबार निर्भय यादवको सिसौ घारीमा करिब २५ वर्षीय युवती मृत भेटिएकी थिइन् ।
उनको धारिलो हतियार प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दीपक कुमार सिंहले जानकारी दिए । हुलिया पहिचानका गर्न सहजताका लागी प्रहरीले मृतकको तस्बिर सार्वजनिक गरेको छ । शव पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।
मृतकले पहेँलो रंगको कुर्ता सरुवाल लगाएको, खरानी रंगको सल ओढेको र म्याजिक ब्राण्डको गुलाबी रंगको ४ नम्बरको चप्पल लगाएको प्रहरीले जनाएको छ । मृतकको औंलामा भेटिएको औँठीमा ‘सी प्लस एस’ लेखिएको छ । पेटको भागदेखी बायाँ तिघ्रामा जलेको पुरानो खत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण