सङ्घ र प्रदेश सरकारको बजेटले छोएन बुटवल धागो कारखानालाई
बुटवल । २०६४ सालदेखि बन्द रहेको बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने विषयमा बेलाबेला चर्चा र छलफल हुने गर्दछ । तर आगामी आर्थिक वर्षको बजेटमा सङ्घ र प्रदेश सरकारले यो उद्योग सञ्चालनका लागि बजेटमा महत्त्व दिएका छैनन् ।
बुटवल धागो कारखानाका निमित्त प्रबन्धक डोलराज शर्माले सङ्घ र प्रदेशको बजेटले नछोएपछि उद्योग सञ्चालन अन्योलमा परेको बताए । उनले भने, ‘सङ्घ, प्रदेशको प्राथमिकता नपरेपछि धागो कारखाना कहिले चल्छ भन्ने टुङ्गो भएन ।’
_oqa26xoNGd.jpg)
_LNzG59Tt8l.jpg)
नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टङ्क पोखरेलले बुटवल धागो कारखाना सञ्चालनका लागि सरकारले ध्यान नदिएको बताए ।
२०६४ सालदेखि उत्पादन बन्द रहेको यो कारखानाले २०६६ असोजदेखि कर्मचारीलाई अनिवार्य अवकाश दिएको थियो ।
आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को नीति तथा कार्यक्रममा धागो कारखाना जस्ता बन्द या रुग्ण उद्योगहरूलाई साझेदारी, निजी या अन्य उपयुक्त विधिबाट सञ्चालन गरिने घोषणा गरिएको थियो । तर यो नारामै सीमित रहेको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्यालले बताए ।
उनले धागो कारखाना चलाउन निजी क्षेत्र तयार रहेको पनि बताए । तर यसबारे सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
_W1hGP2OgT0.jpg)
स्वदेशी कपडामा मुलुकलाई आत्मनिर्भर बनाउने भन्दै धागो उत्पादन गर्ने उद्देश्यले २०३९ चैत ३ मा सो कारखाना स्थापना गरिएको थियो । कारखानाको उत्पादन क्षमता दैनिक १० टन थियो ।
कारखाना बन्द भएपछि नेताहरू तथा मन्त्रीहरू धागो कारखाना हेर्न आउने र चलाउने बचन दिएर जाने गरेको निमित्त महाप्रबन्धक शर्माले बताए । २०६४ साल फागुनभन्दा अगाडि ४ सयदेखि ५ सय कर्मचारीको चहलपहल हुने बुटवल धागो कारखानालाई अहिले ३ जना कर्मचारीले कुरिरहेका छन् । ३ कर्मचारीमध्ये एक जना काठमाडौँमा रहेको सम्पर्क कार्यालयमा छन् भने २ जना बुटवलमा छन् ।
उद्योग बन्द हुँदा उद्योगका अधिकांश मेसिन खिया लागेर बिग्रिएका छन् भने भवन जीर्ण बन्दै गएको निमित्त महाप्रबन्धक शर्माले बताए ।
_10iX1Tf6gY.jpg)
बुटवल औद्योगिक क्षेत्रभित्र १४३ रोपनी क्षेत्रफलमा रहेको धागो उद्योगमा ६ वटा ठुला भवन छन् । कोरोनाकालमा यहाँ लुम्बिनी प्रादेशिक अस्पतालले आइसोलेसन सेन्टर बनाएको थियो । त्यही बेला कारखानामा रहेका विभिन्न तार तथा अन्य सामग्री समेत चोरी भएका थिए ।
बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीवन ओझाले धागो कारखाना सञ्चालन गर्न सरकारले ठोस पहल नगरेको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण