कवाडी व्यवसायीद्वारा बुधबार पनि प्रदर्शन
बुधबार, ०५ असार २०८१, १३ : ४४
_Qm0HGFDRRy.jpg)
काठमाडौँ । कवाडी व्यवसायीहरूले बुधबार पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन् । उच्च अदालत पाटनले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीको टहरामा डोजर चलाएपछि उनीहरू फेरि प्रदर्शनमा उत्रिएका हुन् ।
कवाडी व्यवसायीहरूले केही दिनदेखि महानगरको निर्णयविरुद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । मंगलबार कवाडी व्यवसायीहरू कमलादीस्थित महानगरको कार्यालय घेर्न पुगेका थिए । सोही क्रममा नेपाल प्रहरीले उनीहरूमाथि लाठी चार्ज पनि गरेको थियो ।
बुधबार उनीहरूले महानगरविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरमा भेला भई बानेश्वरसम्म र्याली गर्दै प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेटमा निर्धारण गर्नुपर्छ : सांसद पाण्डे
-
सेती नदीमा बगेका १० वर्षीय अमित विकको शव फेला
-
आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख
-
सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान भएका समुदायका आवाज उठान गर्न माग
-
सरकारले कृषि क्षेत्रमा ठोस नीति नल्याउँदा परनिर्भर हुनुपर्यो : सांसद केसी
-
राइड सेयरिङलाई मान्यता दिने गण्डकी सरकारको निर्णयविरुद्ध यातायात व्यवसायी