स्कटल्यान्डसँग अंक बाँडेपछि स्विट्जरल्यान्ड दबाबमा
काठमाडौँ । युरो कप फुटबल प्रतियोगिताको बिहीबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोकेको छ । स्कटल्यान्डसँग बराबरीमा रोकिएपछि स्विट्जरल्यान्डको नकआउट चरण यात्रा केही लम्बिएको छ ।
उक्त खेलमा विजयी भएको भए स्विट्जरल्यान्ड नकआउट चरणमा पुग्ने थियो । जर्मनी भने लगातार दोस्रो जितसँगै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेको छ । समूह ‘ए’ मा चारवटै टोलीले दुई–दुई खेल खेलिसक्दा ६ अंकसहित जर्मनी पहिलो र चार अंकसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छन् ।
एक अंकसहित स्कटल्यान्ड तेस्रो स्थानमा छ । स्कटल्यान्डले पनि अघिल्लो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ । लगातार दुई हारसँगै हंगेरीको भने समूहगत चरणबाटै घर फर्किने सम्भावना बढेको छ । खेलमा सुरुआती अग्रता स्कटल्यान्डले लिएको थियो । खेल सुरु भएको १३ औँ मिनेटमै स्कटल्यान्डका लागि स्कट म्याकटमिनीले पहिलो गोल गरेका थिए । तर, स्कटल्यान्डको त्यो अग्रता लामो समय टिक्न भने सकेन ।
निर्धारित समयको २६ औँ मिनेटमा स्विट्जरल्यान्डका लागि हेर्डन शाकिरीले जवाफी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन । स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा हंगेरीलाई ३–१ गोलले हराएको थियो ।
स्कटल्यान्ड भने आफ्नो पहिलो खेलमा जर्मनीसँग ५–१ गोलले पराजित भएको थियो । समूहगत चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले जर्मनीको सामना गर्नेछ । स्कटल्यान्डले भने आफ्नो अन्तिम खेल हंगेरीसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण