बाँकेको स्थानीय तहहरुमा विद्युत् आपूर्ति बन्द
बिहीबार, ०६ असार २०८१, १२ : ११
बाँके । बाँकेमा गए राति आएको हुरीबतासले विद्युत्को पोलमा क्षति पु-याउँदा केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ । जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । उनले राप्तीसोनारीको जङ्गलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए ।
प्रमुख लामिछानेका अनुसार कोहलपुरमा नौ, डुडुवामा नौ, खजुरामा आठ र राप्तीसोनारीमा पाँच गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन् । कोहलपुरको पिप्रहवामा ढलेको रुख व्यवस्थापन गरेर नेपालगञ्ज बजारमा विद्युत् आपूर्ति गरिने जानकारी दिँदै काम भइरहेकाले धैर्य गर्न स्थानीयलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने
-
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
-
भारतबाट सडक मार्ग हुँदै काठमाडौँ आएका थिए बंगालादेशी, अनुसन्धान गर्दै अध्यागमन
-
वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
-
‘वार्षिक ८ लाखसम्म आफ्नै गाउँमा कमाइ हुँदो रहेछ, किन विदेश गइरहनु ? ’
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण