प्रचण्ड, ओली र रविबिच सिंहदरबारमा भेट
बिहीबार, ०६ असार २०८१, १८ : ५५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरूबिच पछिल्लो समसामयिक राजनीतिबारे छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।
सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेसमेत संलग्न रहेको भनी निलम्बन माग गरिएको रिट शुक्रबार सर्वोच्च अदालतमा पेशी छ । यसअघि बुधबार पेशी सरेको थियो । राजदूत नियुक्तिसहित बजेटका विषयमा पनि उनीहरूबिच छलफल भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण