साँच्चै राम्रो हुन्छ त गुड कोलेस्ट्रल ?
काठमाडौँ । हाम्रो शरीरमा गुड र ब्याड गरी दुई थरी कोलेस्ट्रल हुन्छन् । ब्याड अर्थात् खराब कोलेस्ट्रलले हाम्रो मुटुको स्वास्थ्यलाई हानि पुर्याउँछ भनेर हामीले धेरै पटक सुन्दै आएका छौँ । खराब कोलेस्ट्रल स्वास्थ्यका लागि हानिकारक साबित हुने विश्वास गरिन्छ भने राम्रो कोलेस्ट्रल राम्रो मानिन्छ । अब तपाईँको मनमा पनि गुड कोलेस्ट्रल हाम्रो शरीरको लागि साँच्चै राम्रो छ त भनेर प्रश्न उठेको हुन सक्छ ।
हाम्रो शरीरमा उच्च र कम घनत्व भएको दुई थरी लिपोप्रोटिन हुन्छ । उच्च घनत्व भएको लिपोप्रोटिन (एचडीएल)लाई राम्रो कोलेस्ट्रोल भनिन्छ । कम घनत्व भएको लिपोप्रोटिन (एलडीएल)लाई भने खराब कोलेस्ट्रल भनिन्छ । कोलेस्ट्रलको स्तरले विशेष गरी मुटुको कार्यप्रणालीलाई असर गर्छ । रगतमा खराब कोलेस्ट्रलको मात्रा बढ्यो भने हृदयाघात र स्ट्रोकको जोखिम बढ्छ ।
रगतमा खराब कोलेस्ट्रल १०० एमजी/डीएल भन्दा कम हुनु सामान्य मानिन्छ । राम्रो कोलेस्ट्रोल चाहिँ रगतमा ५० एमजी/डीएल भन्दा बढी हुनुपर्छ । रगतमा कुल कोलेस्ट्रल २०० एमजी/डीएल भन्दा कम नै हुनुपर्छ । कोलेस्ट्रल रगतमा हुने मैन जस्तै पदार्थ हो । यसको मात्रा धेरै भयो भने यो रगतको धमनीमा जम्मा हुन थाल्छ र मुटु अनि मस्तिष्कमा हुने रक्त प्रवाहमा बाधा पुर्याउन थाल्छ । यसले हृदयघात र स्ट्रोक निम्त्याउँछ । त्यसैले कोलेस्ट्रलप्रति लापरवाह बन्नु हुन्न । समय समयमा जाँच गराइरहनु पर्छ ।
एचडीएल स्वास्थ्यका लागि फाइदा जनक भएको मुटुरोग विशेषज्ञहरू बताउँछन् । रगतमा राम्रो कोलेस्ट्रलको स्तर सामान्य छ भने, यसले रगतको धमनीहरूमा जम्मा भएको खराब कोलेस्ट्रललाई दिसाको माध्यमबाट शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । राम्रो कोलेस्ट्रलले धमनीहरूमा प्लाक जम्मा हुनबाट रोक्छ र रक्त प्रवाह राम्रो बनाउन मद्दत गर्छ । यसरी हृदयघात र स्ट्रोकको जोखिम कम हुन्छ । गुड राम्रो कोलेस्ट्रलले कोशिकाहरूलाई स्वस्थ राख्छ र धमनीमा रगत जम्न दिँदैन ।
एचडीएल धेरै हुन पनि खतरनाक छ ?
हाम्रो रगतमा एचडीएलको मात्रा ५० एमजी/डीएलसम्म हुनुपर्छ । एचडीएल यो स्तरभन्दा कम भए पनि धेरै गम्भीर रोगको जोखिम बढ्छ । यो स्तरभन्दा धेरै भयो भने पनि शरीरलाई हानि गर्न थाल्छ । एचडीएलको स्तर धेरै भएको अवस्थामा हृदयलाई खराब कोलेस्ट्रलबाट बचाउन बन्द गर्छ र मृत्युको जोखिम बढ्न सक्छ । यसको स्तर अचानक अत्यधिक घट्ने वा ह्वात्तै बढ्ने सम्भावना कम हुन्छ । रोगका कारण यसमा उतारचढाव आउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण