१० लाखको सुनसहित विमानस्थलबाट ३ जना पक्राउ
शुक्रबार, ०७ असार २०८१, १७ : २२
काठमाडौँ । भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके घर भएका २४ वर्षीय मोहम्मद दिलसाद खाँ, पूर्व नवलपरासीको गैँडाकोट घर भएका ४३ वर्षीय सन्तोष परियार र तनहुँ घर भएका २५ वर्षीय अन्जिल गुरुङ छन् ।
कतारबाट काठमाडौँ आएका मोहम्मद दिलसाद खाँको साथबाट ९ लाख ९९ हजार मूल्य पर्ने भन्सार छलीको सुन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
परियार र गुरुङ सुन सङ्कलन गर्न जाँदा पक्राउ परेका हुन् । उनीहरूलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया
-
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
-
रास्वपा गण्डकीको सभापतिमा ४ जना आकाङ्क्षी
-
चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए
-
काठमाडौँमा दोस्रो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी
-
हरेक ७० जनामध्ये एक जना जबरजस्ती विस्थापित, सबैभन्दा धेरै शरणार्थी यी ७ देशका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण