बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने

बिहीबार, २८ जेठ २०८३, १२ : ११
बिहीबार, २८ जेठ २०८३

सारांश

  • सरकारले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने योजना बनाएको छ ।
  • गृहमन्त्री सुधन गुरुङले सिन्धुपाल्चोक र काभ्रेमा ड्रोनमार्फत राहत वितरण गरिएको सफल उदाहरण प्रस्तुत गरे ।
  • मन्त्री गुरुङले २०० केजीसम्म बोक्ने हेभी लिफ्टिङ ड्रोन खरिद प्रक्रियामा रहेको र खरिद ऐन संशोधनमा सहयोग मागेका छन् ।

काठमाडौँ । सरकारले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने बताएको छ । बिहीबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने योजना मन्त्रालयको रहेको बताएका हुन् । 

सिन्धुपाल्चोक र काभ्रेमा ड्रोनमार्फत राहत वितरण गरिएको सफल उदाहरण दिँदै मन्त्री गुरुङले अब २०० केजीसम्म बोक्ने हेभी लिफ्टिङ ड्रोन खरिदको प्रक्रियामा मन्त्रालय रहेको जानकारी दिए । 

तर, खरिद प्रक्रियामा रहेको झन्झटिलो कानुनी व्यवस्थाप्रति भने उनले असन्तुष्टि व्यक्त गरे । ‘ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यतिन्जेल मनसुन सकिइसक्छ,’ उनले भने, ‘काम गर्न सहज हुने गरी ऐन संशोधनमा माननीयज्यूहरूको सहयोग चाहिन्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप