प्रतिस्पर्धात्मक खेलमा अस्ट्रियासँग हार्यो पोल्यान्ड
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणअन्तर्गत शुक्रबार राति खेलिएको खेलमा अस्ट्रियाले पोल्यान्डमाथि ३–१ गोलको सजिलो जित हात पारेको छ । खेल सुरु भएको नवौँ मिनेटमै अस्ट्रियाका लागि गेरनट ट्राउनरले पहिलो गोल गरेका थिए ।
निर्धारित समयको ३०औँ मिनेटमा पोल्यान्डका क्रिस्तोफ पितेकले जवाफी गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि खेलको दोस्रो हाफमा अस्ट्रियाले दुई गोल थप्यो ।
अस्ट्रियाका लागि दोस्रो गोल ६६औँ मिनेटमा क्रिस्टोफ बुमगार्टनरले गरेका थिए । अस्ट्रियाका लागि तेस्रो गोल भने ७८औँ मिनेटमा मार्कोले पेनाल्टीमार्फत गरेका थिए ।
अस्ट्रिया प्रतियोगिताको समूह ‘डी’ मा रहेको छ । अस्ट्रियाको जितसँगै तीनवटा टोलीको अंक तीन–तीन पुगेको छ । एक–एक खेल खेलेका नेदरल्यान्ड्स र फ्रान्सको पनि तीन–तीन अंक छ ।
पोल्यान्ड भने आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । अस्ट्रियाको भने यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा अस्ट्रियाको टोली फ्रान्ससँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण