चेक गणतन्त्र र जर्जियाले बराबरी खेल्दै अंक बाँडे

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । उक्त नतिजासँगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
पहिलो हाफको इन्जुरी समयमा जर्जियाले खेलमा अग्रता लिएको थियो । जर्जियाका लागि जर्जेस मिकाउताडेजले पेनाल्टीमार्फत गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा जर्जिया अगाडि रह्यो ।
खेलको ५९ औँ मिनेटमा चेक गणतन्त्रले जवाफी गोल गर्यो । चेक गणतन्त्रका लागि प्याट्रिक सिकले जवाफी गोल गरेका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् । समूह ‘एफ’ तालिकामा तीन अंकसहित टर्की पहिलो स्थानमा छ । पोर्चुगल पनि तीन अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । यी दुबै टोलीले एक–एक खेल खेलेका छन् ।
दुई खेल खेलेको चेक गणतन्त्र एक अंकसहित तालिकको तेस्रो स्थानमा छ । दुई खेलबाट एक अंक बटुलेको जर्जिया चौथो स्थानमा आसिन छ । चेक गणतन्त्र आफ्नो पहिलो खेलमा पोर्चुगलसँग २–१ गोलले पराजित भएको थियो । जर्जिया भने आफ्नो पहिलो खेलमा टर्कीसँग ३–१ गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता
-
लामो भाषण गरेर जनतालाई नथकाउन प्रचण्डको सुझाव
-
बागमती प्रदेश सभाबाट आज पनि दुई विधेयक पारित
-
प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर बन्नुपर्छ: विश्वप्रकाश
-
राजु पाण्डेको निलम्बनपछि जोशीलाई निमित्तको जिम्मेवारी
-
जथाभाबी ढुंगागिटी उत्खनन रोक्न समाजवादी मोर्चाको माग