चेक गणतन्त्र र जर्जियाले बराबरी खेल्दै अंक बाँडे
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा जर्जिया र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् । उक्त नतिजासँगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
पहिलो हाफको इन्जुरी समयमा जर्जियाले खेलमा अग्रता लिएको थियो । जर्जियाका लागि जर्जेस मिकाउताडेजले पेनाल्टीमार्फत गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा जर्जिया अगाडि रह्यो ।
खेलको ५९ औँ मिनेटमा चेक गणतन्त्रले जवाफी गोल गर्यो । चेक गणतन्त्रका लागि प्याट्रिक सिकले जवाफी गोल गरेका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् । समूह ‘एफ’ तालिकामा तीन अंकसहित टर्की पहिलो स्थानमा छ । पोर्चुगल पनि तीन अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । यी दुबै टोलीले एक–एक खेल खेलेका छन् ।
दुई खेल खेलेको चेक गणतन्त्र एक अंकसहित तालिकको तेस्रो स्थानमा छ । दुई खेलबाट एक अंक बटुलेको जर्जिया चौथो स्थानमा आसिन छ । चेक गणतन्त्र आफ्नो पहिलो खेलमा पोर्चुगलसँग २–१ गोलले पराजित भएको थियो । जर्जिया भने आफ्नो पहिलो खेलमा टर्कीसँग ३–१ गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण