शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’

बुधबार, १९ वैशाख २०७५, १८ : ०८
बुधबार, १९ वैशाख २०७५

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अल्पसंख्यक, लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् । 

आज कर्णाली प्रदेश राजधानी सुर्खेतमा लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान, नेपालसँगको भेटमा मुख्यमन्त्री शाहीले विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका हुन् ।  

प्रदेश सरकारको समग्र ध्यान यहाँको विकास र समृद्धिमा रहेको जनाउँदै उनले प्रदेश समृद्धिको योजनामा यी तीनवटै समुदाय उच्च प्राथमिकतामा रहने वचन दिए । 

लोपोन्मुख तथा सीमान्तकृत समुदायमा पर्ने राजी समुदायको आयआर्जनका साथै होमस्टे सञ्चालन गर्न प्रदेश सरकारले चालु आवमै १० वटा परम्परागत घर निर्माणार्थ अनुदानको व्यवस्था गर्ने उनको भनाइ थियो । 

त्यसैबीच, परम्परागत संस्कृति झल्कनेगरी होमस्टे सञ्चालनको तयारी गर्नसमेत मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थानको टोलीलाई आग्रह गरेका थिए । 

लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान नेपालका केन्द्रीय अध्यक्ष लालबहादुर राजीले नेपालको संविधानमा अल्पसंख्यक र अपाङ्गता भएका समुदायलाई एउटै समूहमा राखेर आरक्षणको व्यवस्था गरिँदा आफूहरुलाई अन्याय भएको बताए । 

यो समुदाय उत्थानका लागि संविधानमा अल्पसंख्यक भनेर तोकेरै आरक्षित समूह भनेर व्यवस्था गर्न अध्यक्ष राजीले माग राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप