कोपा अमेरिका : समूह विजेता बन्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश
काठमाडौँ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना शतप्रतिशत जीतका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको समूह एको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
स्टार खेलाडी लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दुवै गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७औँ मिनेटमा मार्टिनेजेल एन्जल डी मारियाको पासमा गोल गर्दै अग्रता दिलाए ।
७२ औँ मिनेटमा लियोनार्दो परेडेसले पेनाल्टीमा गोल गर्न चुक्दाअर्जेन्टिनाले अग्रता दोब्बर बनाउन असफल भएको थियो ।
८६ औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा अर्जेन्टिनाले अग्रता पनि दोब्बर बनाएको थियो । यही समूह एबाट क्यनाडाले पनिअन्तिम ८ मा स्थानबनाएको छ । क्यानडाले चिलीसँगगोलरहित बराबरी खेल्दै अङ्क बाँडेपछि दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
शीर्ष स्थानमा रहेको अर्जेन्टिनाका ९ अंक हुँदा क्यानडाको चार अङ्क रहेको छ । यसैगरी चिली २ अङ्कका साथ तेस्रो तथा पेरु १ अङ्कका साथ चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण