गाई र बाछोसहित किशोर पक्राउ
मङ्गलबार, १८ असार २०८१, २० : ४८
रौतहट । अवैधरुपमा भारत लैजान लागेको गाई र बाछोसिहत एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट देवाहीगोनाही न.पा. वडा नं. २ करुनिया टोल बस्ने १८ वर्षीय शेख आबिद आलम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट माधव नारायण न.पा वडा नं.०१ दिपही बाट उनलाई पक्राउ गरेको हो । डीएसपी एलिजा गिरीका अनुसार दुई जना मानिसहरूले अवैध रूपमा गाई र बाछो भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि गाई धनी भने भागेका थिए ।
आलमलाई भने ८ वटा गाई र १ वटा बाछोसहित पक्राउ गरिएको थियो । उक्त गाई र बाछो सहित उनलाई आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको छ । फरार गाई धनीको खोज तलास भइरहेको डीएसपी गिरीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
-
९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
-
नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत
-
‘सङ्घीयता गुमे समावेशिता, लोकतन्त्र र संविधान गुम्ने खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण