छुरा प्रहारबाट घाइते युवा सङ्घका नेताको मृत्यु
बुटवल। राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापाको छुरा प्रहारबाट मृत्यु भएको छ । एक समूहको छुरा प्रहारबाट घाइते भएका बुटवल–७, निवासी ३६ वर्षीय उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक रेस्टुरेन्टमा छुरा प्रहार भएको थियो ।
युवा सङ्घ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले थापाको निधनले सङ्गठनलाई पीडा बोध भएको बताउँदै घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको बताए ।
रेस्टुरेन्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा सङ्घको गुनासो छ ।
इलाका प्रहरी कार्यालयका बुटवलका डिएसपी विजयराज पण्डितले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।उनले घटनाक्रम सुक्ष्म रुपमा अनुसन्धान भए पनि अझैसम्म नियन्त्रणमा कसैलाई नलिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण