डोल्पाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्
–रामचन्द्र न्यौपाने
त्रिपुराकोट– सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागि सक्दा समेत डोल्पाका जेष्ठ नागरिकले अझै पाउन सकेका छैनन् । पहिलो किस्ता मंसिरको पहिलो साता, दोस्रो किस्ता फागुनको पहिलो साता र तेस्रो किस्ता असारको पहिलो सातामा भत्ता रकम बुझ्दै आएका उनीहरु चालु आवको तेस्रो किस्ता लागि सक्दासमेत नपाएपछि निराश भएका छन् ।
सरकारले यस जिल्लाका ७० वर्ष पुगेका वृद्धवृद्धा नागरिकलाई प्रतिमहिना रु दुई हजारका दरले वर्षमा चौबीस हजार, ६० वर्ष उमेर पुगेका नागरिकलाई प्रति महिना रु एक हजारका दरले वर्षमा बाह्र हजार, एकल महिला, जनजाति र दलितका जेष्ठ नागरिकलाई प्रतिमहिना एक हजारका दरले वार्षिक बाह्र हजार, अपाङ्गता भएका ९क० वर्गलाई प्रति महिना रु दुई हजारका दरले वार्षिक चौबिस हजार र अपाङ्गता ९ख० वर्गलाई प्रतिमहिना रु ६ सयका दरले वार्षिक सात हजार दुई सय सामाजिक सुरक्षाबापत भत्ता उपलब्ध गराउँदै आएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–१ का ७८ वर्षीय रविप्रसाद न्यौपानेले भने, “विगतमा त सुरक्षा भत्ता चार÷चार महिनाको पाइन्थ्यो, यो वर्ष त जेठ लाग्नै थालिसक्यो । अझै भत्ता पाएका छैनौं । कतै भत्ता कटाएको त होइन सरकारले ?”
न्यौपाने मात्र होइनन् त्रिपुरासुन्दरी नपा–१० का नारायण गिरीले पनि सामाजिक सुरक्षा भत्ता नपाएकामा दुखेसो पोखे । उनले भने, “चुनाव ताका त भोट माग्न आउँदा नेताहरुले खाइपाइ आएको भत्ता बढाएर प्रतिमहिना रु पाँच हजार बनाउने भन्थे तर यो वर्ष अहिलेसम्म पाँच हजार त के विगतमा पाइरहेको भत्ता समेत पाएका छैनौं ।”
त्यस्तै, त्रिपुरासुन्दरी नगरपालिका–१ बस्ने ज्येष्ठ नागरिक पुनादेवी न्यौपाने पनि भत्ता पाउने वा नपाउने भन्नेबारे बेखबर छिन् । गाउँमा कोही नयाँ मान्छे आउने बित्तिकै उनी ‘हाम्रो भत्ता कहिले पाइन्छ’ भन्दै सोध्ने गर्छिन् । “पहिला पहिला त समयमै भत्ता पाइन्थ्यो अहिले त तीन पटक बुझिसक्ने बेला भयो एकपटक पनि पाइएको छैन्, संघीयाता आएपछि खाइपाइ आएको सेवा सुविधा पनि कटौती हुनेरहेछ,” उनले दुखेसो पोखे ।
सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता मात्र होइन बालबालिकाले पाउँदै आएको पोषणबापतको भत्ता समेत डोल्पाका बालबालिकाले चालु आवको तेस्रो चौमासिक लाग्नै थाल्दा समेत पाउनसकेका छैनन् । सरकारले कर्णालीका पाँच वर्षसम्मका बालबालिकालाई प्रतिमहिना रु ४०० का दरले वार्षिक रु चार हजार ८०० पोषण भत्ताबापत उपलब्ध गराउँदै आएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटका निमित्त कार्यकारी जयशंकर धितालले प्रत्येक वडाबाट जेष्ठ नागरिक तथा बालबालिकाको नयाँ आँकडा नगरमा नआइसकेकाले भत्ता वितरणमा ढिलाइ भइरहेको बताए ।
उनले भने, “प्रत्येक वार्डमा कर्मचारी खटाएर वृद्धवृद्धा ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका, एकल महिला र बालबालिकाको एकिन डाटा संकलन गर्ने काम भइरहेको छ । जेठको दोस्रो सातासम्ममा भत्ता वितरण गरिने छ ।”
त्रिपुरासुन्दरी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता र बालबालिको पोषण भत्ताको लागि रु एक करोड चौरासी लाख बराबरको बजेट प्राप्त भएको र वडा वडाबाट विवरण आउन ढिलाइ भएकाले अपुग हुन गएमा थप बजेट माग गर्न भने समस्या पर्ने नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण