मनिषा मृत्यु प्रकरणः मुख्यमन्त्री शाहीले दिए तत्काल छानविनको निर्देशन
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुत्केरी गराउन क्षेत्रीय अस्पत्ताल सुर्खेत पुगेकी मनिषा सिंहको निधनका विषयमा आवश्यक छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । अस्पतालको लापरवाहीका कारण निधन भएको बताउँदै आन्दोलित आफन्तहरुलाई भेट्न आज अस्पत्ताल पुगेका मुख्यमन्त्री शाहीले छानविनका लागि निर्देशन दिएका हुन् ।
प्रसुति व्यथा लागेर बिहीबार क्षेत्रीय अस्पत्ताल पुगेकी सिंहको आज विहान निधन भएको थियो । कालिकोट घर भएकी सिंहको निधनलगत्तै अस्पत्ताल पुगेका आफन्तहरुले बिहान ११ वजे भर्ना गरिएकोमा राती १२ बजे मात्र डक्टरले चेकजाँच गरेको भन्दै अस्पत्तालको लापरवाहीको कारण मुत्यु भएको दाबी गरेका छन् ।
बिहान १० वजे क्षेत्रीय अस्पत्ताल पुगेका मुख्यमन्त्री शाहीले सिंहको निधनका बारेमा अस्पताल प्रमुख डम्बर खड्कासँग जानकारी लिनुका साथै मृतकका आफन्तजनसँग भेट गरेका थिए । स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको बताउँदै मुख्यमन्त्री शाहीले सुत्केरी हुन अस्पत्ताल पुगेकी महिलाको मृत्यु हुनु दुःखद भएको बताए ।
स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको लापरवाही देखिए कारबाही हुने बताउँदै मुख्यमन्त्री शाहीले मृतकका आफन्त तथा परिवारलाई संयमित हुन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण