स्पेन र अर्जेन्टिनाले उपाधि जित्दा म्याकग्रेगरलाई लाखौँ डलर फाइदा
काठमाडौँ । अर्जेन्टिनाले विश्वकै सबैभन्दा पुराना महादेशीय फुटबल प्रतियोगिताको उपाधि चुम्दा मिक्स्ड मार्सल आर्ट खेलाडी कोनोर म्याकग्रेगरले पनि त्यसको गतिलो फाइदा उठाएका छन् ।
कप्तान लियोनल मेस्सीले खुट्टाको चोटका कारण बिचमै फाइनल खेल छाड्नु परे पनि आफ्नो टोलीले कीर्तिमानी रुपमा कोपा–अमेरिकाको उपाधि जित्दा अर्जेन्टिनी समर्थक त खुशी हुने नै भए ।
तर, अर्जेन्टिनाको त्यो उपाधिले मिक्स्ड मार्सल आर्ट खेलाडी म्याकग्रेगरलाई भने अझ बढी खुसी दिएको छ । खासमा म्याकग्रेगरले त्यो खेलबाट १० लाख अमेरिकी डलर (करिब १३ करोड ३६ लाख नेपाली रुपैयाँ) कमाएका छन् ।
कोपा–अमेरिकाको फाइनलमा म्याकग्रेगरले बेटिङमा अर्जेन्टिनाको पक्षमा ठुलो रकम लगाएका थिए । उनले अर्जेन्टिनाको पक्षमा ७÷४ का आधारमा तीन लाख ६५ हजार डलर बाजी लगाएका थिए ।
यसको अर्थ, अर्जेन्टिनाले फाइनल जितेको खण्डमा उनले सात अंकको रकम प्राप्त गर्ने थिए । अर्जेन्टिनी टोली समूहगत चरणमा क्यानडा, चिली र पेरुविरुद्ध एक गोल पनि नखाई जित हात पर्दै नकआउट चरणमा पुगेको थियो ।
अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । सेमिफाइनलमा भने अर्जेन्टिनी टोलीले क्यानडालाई २–० गोलले पाखा लगाएको थियो । त्यसपछि फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो ।
कोपा–अमेरिकामा मात्र होइन, म्याकग्रेगरले युरोकपमा पनि बाजी लगाएका थिए । त्यसमा पनि उनको अनुमान सहि सावित भएको थियो । युरोकपको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई हराउँदा उनले १० लाख अमेरिकी डलर जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण