आर्नोल्डलाई भित्र्याउन रियलको चासो
बुधबार, ०२ साउन २०८१, १२ : ४७
मड्रिड । रियल मड्रिडले लिभरपुल स्टार ट्रेन्ट अलेक्ज्याण्डर आर्नोल्डलाई एनफिल्डबाट भित्र्याउन चासो देखाएको छ । इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीको लिभरपुलसँग सम्झौताको एक वर्षमात्र बाँकी छ ।
थ्री लायन्स टोलीका साथी जुड बेलिङ्घमले आर्नोल्डबारे निर्णायक भूमिका खेल्न सक्ने टक स्पोर्टले जानकारी दिएको हो । यो जोडीको सम्बन्ध युरो २०२४ मा बलियो भएको विश्वास गरिन्छ।
लिभरपुलको एकेडेमीबाट आएका अर्नोल्डका लागि रियलले आफ्नो रुचिलाई औपचारिक प्रस्तावमा परिणत गर्छ कि गर्दैन त्यो हेर्न बाँकी छ। हाल लिभरपुलसँग आर्नोल्डको नयाँ करारबारेमा कुनै कुराकानी भएको छैन।
यदि उनी बर्नाबेउ जान्छन् भने उनको नजिकको साथी बेलिङ्घमसँग पुनर्मिलन हुनेछ। युरोपेली च्याम्पियन्सले भर्खरै पेरिस सेन्ट-जर्मेनका स्टार किलियान एमबाप्पेलाई अनुबन्ध गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण