शुक्रबार सार्वजनिक गरिने भनिएको मौद्रिक नीति एकाएक रोकियो
काठमाडौँ । सरकार परिवर्तनसँगै प्रधानमन्त्रीको सचिवालयको प्रत्यक्ष छाया राष्ट्र बैंकमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा पूर्व गभर्नर समेत रहेका पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा नियुक्त भएका छन् ।
उनको नियुक्तिसँगै प्रत्यक्ष रूपमा राष्ट्र बैङ्कमाथि डा.खतिवडा हाबी भएको स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बिहीबार एकाएक डा.खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भएर आएसँगै पूर्वनिर्धारित मौद्रिक नीतिको सार्वजनिक कार्यक्रम रोकिएको छ ।
तथापि, राष्ट्र बैंक स्रोतले भने सञ्चालक समितिमा मौद्रिक नीतिबारे पर्याप्त छलफल गर्न बाँकी नै रहेकाले केही समय होल्ड गर्नुपरेको जनाएको छ । जेठ १५ गते सरकारको वित्त नीति (बजेट) सार्वजनिक भएसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालिसकेको थियो ।
अनलाइन तथा भौतिक रूपमा निजी क्षेत्र, आर्थिक विज्ञ तथा सरोकारवाला निकायहरूसँग सुझाव लिएको राष्ट्र बैंकले मौद्रिक नीतिका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको थियो ।
पहिलो पटक मौद्रिक नीतिकै सन्दर्भमा आवश्यक सल्लाह तथा सुझाव समिति समेत गठन गरेर सहयोग लिएको राष्ट्र बैंकले साउनको पहिला साताभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले बिहीबार बिहान बोर्ड बैठक राख्ने तयारी समेत गरेको थियो । तथापि, एकाएक रोकियो ।
प्रचण्ड नेतृत्वको सरकार फेरिएर नेकपा एमालेसहित कांग्रेसको सरकार बन्दा यतिखेर अर्थ मन्त्रालय र राष्ट्र बैंकमा एमालेकै नेतृत्व छ । अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल छन् भने राष्ट्र बैंकमा एमालेकै आर्थिक विभागमा काम गरिसकेका प्रधानमन्त्री ओली निकट महाप्रसाद अधिकारी गभर्नर छन् ।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्व गभर्नर समेत रहेका पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा आएपछि प्रधानमन्त्रीकै अनुमतिमा डा.खतिवडा राष्ट्र बैङ्कमाथि सिधै हाबी भएको स्रोतको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण