महिला एसिया कप क्रिकेट : कृतिकाले लिइन् यूएईको पाँचौँ विकेट
काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको पाँचौँ विकेट लिएको छ । यूएईले पाँचौँ विकेटका रुपमा कविसा एगोडेगलाई गुमाएको हो ।
कविसाको विकेट कृतिका मरासिनीले लिएकी हुन् । कृतिकाले कविसालाई कविता जोशीद्वारा क्याच गराएकी हुन् । पेभेलियन फर्किनुअघि कविसाले २२ रन बनाइन् । उनले २६ बलको सामना गरी दुई चौका पनि प्रहार गरिन् । १५औँ ओभरको पहिलो बलमा कविसा आउट हुँदा यूएईले ७८ रन बनाएको छ । नेपालले टस जिती यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
त्यसअघि यूएईले पहिलो विकेटका रुपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् ।
तर, त्यसअघि नै रुविना क्षेत्रीले विकेटकिपर काजोल श्रेष्ठलाई बल उपलब्ध गराइन् र काजोलले त्यो अवसलाई पूर्ण रुपमा सदुपयोग गरिन् । दोस्रो ओभरको पाँचौँ बलमा एसा आउट हुँदा यूएईले ११ रन बनाएको थियो ।
यूएईले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याटर रिनिथा रजिथलाई गुमाएको थियो । उनलाई नेपाली टोलीकी बलर सबनम राईले ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेकी थिइन् । ३.१ ओभरमा रिनिथालाई गुमाउँदा यूएईले २१ रन बनाएको थियो ।
यूएईले तेस्रो विकेटका रुपमा ओपनर थिरथा सतिषलाई गुमाएको थियो । थिरथालाई नेपाली टोलीकी कप्तान इन्दू बर्माले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएकी थिइन् । आउट हुनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले नौ रन बनाएकी थिइन् । ५.३ ओभरमा उनी आउट हुँदा यूएईले ३६ रन बनाएको थियो ।
यूएईले चौथो विकेटका रुपमा समाइरा धरनिधरकालाई गुमाएको थियो । समाइराको विकेट पनि कप्तान इन्दू बर्माले नै लिएकी थिइन् । उनले समाइरालाई कविता कुँवरद्वारा क्याच गराएकी थिइन् । पेभेलियन फर्किनुअघि समाइराले १२ बलमा दुई चौकाको मद्दतले १३ रन बनाएकी थिइन् । ७.२ ओभरमा समाइरा आउट हुँदा यूएईले ४६ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विना निर्णय सकियो संवैधानिक परिषद्को बैठक, अर्को बैठक भदौ ३१ मा
-
पल्सर स्पोर्ट्स अवार्ड : रोहित सर्वोत्कृष्ट पुरुष खेलाडी बन्दा कुमारलाई ‘स्पेशल अवार्ड’
-
रोहितकुमार पौडेल सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित
-
जापानीज इन्सेफलाइटिस ६१ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु
-
कराँतेकी एरिका गुरुङ बनिन् वर्षको सर्वोत्कृष्ट महिला खेलाडी
-
'मिस विभा २०२४' प्रेमा लामगाढेले घाेषित