शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गैसस महासंघ कर्णाली प्रदेश अध्यक्षमा शाही निर्वाचित

आइतबार, २३ वैशाख २०७५, ०९ : ०७
आइतबार, २३ वैशाख २०७५

सुर्खेत - गैरसरकारी संस्था महासंघ नेपालको कर्णाली प्रदेश अध्यक्षमा जाजरकोट निवासी खिमबहादुर शाही निर्वाचित भएका छन् । 

शाहीको अध्यक्षतामा नौ सदस्यीय प्रदेश समिति गठन भएको छ । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरन्द्रनगरमा शनिबार सम्पन्न प्रदेश अधिवेशनले शाहीलाई सर्वसम्मत निर्वाचित गरेको हो । 

महासंघको उपाध्यक्षमा जुम्लाका दुर्गाप्रसाद पाण्डे, सचिवमा सुर्खेतका हरिप्रसाद अधिकारी, सहसचिवमा सुर्खेतकै महेश जिसी र कोषाध्यक्षमा दैलेखका सुनिता चन्द सर्वसम्मत निर्वाचित भएका छन् । 

त्यसैगरी, प्रदेश कार्य समिति सदस्यहरुमा मुगुका सुरेश शाही, हुम्लाका विष्णु रावल, कालीकोटका मुनकला भण्डारी र डोल्पाका लक्ष्मीचन्द्र सार्की चयन भएको नवनिर्वाचित अध्यक्ष शाहीले जानकारी दिए । 

प्रथम प्रदेश अधिवेशनमा कर्णाली प्रदेशका १० वटा जिल्लाका गैरसरकारी संस्था महासंघका जिल्ला शाखाको अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्य संस्थाहरुको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप