विभिन्न जिल्लामा ५ जना मृत फेला
शुक्रबार, ०४ साउन २०८१, १८ : ३०
काठमाडौँ । देशका विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- कास्की, पोखरा महानगरपालिका-१४ भोटेचौतारास्थित कच्ची घरको पेटीमा बाँके खजुरा गाउँपालिका-४ घर बताउने ४० वर्षीय मोहन बहादुर थापा मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सिन्धुली, सुनकोशी गाउँपालिका-३ बोहोरेटार बाँधस्थित खोल्सामा सोही गाउँपालिका-५ खनियाखर्क बस्ने ३३ वर्षीय कोशे भन्ने सुनिल तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- बर्दिया, गेरूवा गाउँपालिका-५ सुखाड बस्ने ५७ वर्षीया सम्पत्ति चौधरी सोही गाउँपालिका-५ हरिपुरस्थित कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ हर्नाफाट बस्ने ७१ वर्षीय प्रेम बहादुर तुमसिन सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ ब्यारेजपुलस्थित भारत चम्पाहरण बगाहस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण