टी-सिरिजका सह-मालिक कृष्ण कुमारकी छोरीको २० वर्षको उमेरमा निधन
मुम्बई । टी-सिरिजका सह-मालिक कृष्ण कुमारकी छोरी टिशा कुमारको निधन भएको छ । उनी केवल २० वर्षकी थिइन्।
उनी क्यान्सरबाट पीडित रहेको जर्मनीमा उपचार गराइरहेको बताइएको छ । टी-सिरीजको आधिकारिक विज्ञप्तिमा टिशाको निधन जुलाई १८ मा लामो समयदेखि रोगसँग लडिरहेपछि भएको उल्लेख छ ।
टिशा विरलै सार्वजनिक रूपमा देखा परिन्। उनलाई लाइमलाइटमा बस्न कहिल्यै मन परेन । उनी अन्तिम पटक २०२३ मा फिल्म एनिमलको स्क्रिनिङमा देखिएकी थिइन् ।
इन्डियन एक्सप्रेसका अनुसार उनले जर्मनीमा क्यान्सरको उपचार गराइरहेकी थिइन् । परिवारका सदस्यहरु लामो समयदेखि जर्मनीमा बसेर उनको उपचार गर्दै आएका थिए । तर, धेरै प्रयास गर्दा पनि उनलाई बचाउन सकिएन । उनको बिहीबार अस्पतालमा निधन भएको हो ।
पिंकभिलाको रिपोर्ट अनुसार टिशाको जन्म ६ डिसेम्बर २००३ मा भएको थियो । सार्वजनिक डोमेनमा टिशाबारे धेरै सीमित जानकारी छ। उनी कार्यक्रममा कमै देखिन्थिन् ।
तिशाका बुवा कृष्ण कुमारको कुरा गर्दा उनी बेवफा सनम जस्ता फिल्मबाट निकै चर्चामा आएका थिए । केही चलचित्रमा काम गरेपछि उनी पूर्णकालीन निर्माता बने । आज उनी आफ्ना भतिजा भूषण कुमारसँग मिलेर देशको सबैभन्दा ठूलो उत्पादन कम्पनी मध्येको एक टी-सिरिज चलाउँदै छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
-
अब ‘डिजिटल त्रिवि’ : विद्यार्थीले लाइन बस्न नपर्ने !
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण