‘सन अफ सरदार २’ मा यी ‘सेक्रेड गेम्स’ की अभिनेत्रीको प्रवेश
मुम्बई । अजय देवगन र सञ्जय दत्तको सुपरहिट कमेडी फिल्म ‘सन अफ सरदार’ सन् २०१२ मा रिलिज भएको थियो। अब यसको सिक्वेल बन्न लागेको हो । यस पटक सोनाक्षी सिन्हाको स्थानमा मृणाल ठाकुर देखिनेछिन् ।
अहिले यो फिल्ममा अर्की नायिका पनि प्रवेश गरेकी छन् । उनी चर्चित वेब सिरिज ‘सेक्रेड गेम्स’सँग जोडिएकी छन् । फिल्मसँग सम्बन्धित एक व्यक्तिले भने– ‘सन अफ सरदार २’ मा अजय देवगन, सञ्जय दत्त र मृणाल ठाकुरसँगै कुब्रा सैत सामेल भएका छन् । उनको भूमिकाको बारेमा अहिलेसम्म केही खुलाइएको छैन, तर फिल्ममा उनले रोचक भूमिका निर्वाह गर्ने बताइएको छ ।
कुब्ब्रा सैतसँग फिल्मको छायाङ्कन अर्को महिनाबाट सुरु हुँदैछ । यसको ठुलो हिस्सा विदेशमा छायाङ्कन हुनेछ । यो चलचित्रलाई विजय अरोराले निर्देशन गर्दैछन् । यसको रिलिज मिति भने तय भएको छैन । तर अर्को वर्ष दीपावलीमा रिलिज हुन सक्ने बताइएको छ ।
फिल्ममा सञ्जय दत्त र अजय देवगन फेरि बिल्लु र जस्सीको भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टका अनुसार चर्चित अभिनेता सनी देओल पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रियामार्फत
-
पुँजी बजारमा देखिएको उतारचढावबारे अर्थमन्त्री वाग्ले, ‘अनुसन्धानका कारण केही भय देखिएको हुन सक्छ’
-
पार्टी छोड्नेहरूले नाटक गरे, राजसंस्था पुनर्स्थापनाको वातावरण उनीहरूले नै बिगारे : लिङ्देन
-
श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई
-
तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार
-
कर्णालीका स्थानीय तहलाई प्रदेश सरकारको अनुदान वितरणमा स्वेच्छाचारिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण