राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ । आज आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा उनले अस्पतालमा सेवासँगै गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताइन् । “लुम्बिनीमा प्रदेशस्तरका दुईवटा अस्पताल रहेका छन्, एउटा लुम्बिनी र एउटा राप्ती, यी दुवै अस्पतालको स्तरवृद्धि हुनुपर्छ, त्यसमध्ये केही काम भएका छन् । अब सेवा विस्तारसँगै गुणस्तर सुधारमा लाग्नुपर्छ ।”
मन्त्री पुन मगरले अस्पतालमा कोभिडको बेला र प्रसूति सेवाका कर्मचारीले तलब नपाएकाले नीतिगत रूपमा उक्त समस्या समाधान गरेको बताए । राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड बनाउनका लागि पहल गरिए पनि पूर्णता नपाएको भन्दै उनले यसलाई तत्काल सल्टाउनुपर्ने आवश्यकता औँल्याए ।
रु ५२ लाखको लागतमा आवश्यक सामग्री जडानगरी सेवा सुरू गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिए । उनकानुसार कल्चरबाट पिसाब, दिशा, रगतलगायतका जाँच हुनेछन् । यसअघि यो सेवा नहुँदा यहाँ आउने बिरामीले अन्यत्र जानुपर्ने बाध्यता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुभमन बने भारतको नयाँ टेस्ट कप्तान, पन्त उपकप्तान
-
लेभरकुसेनका मिडफिल्डर विर्ट्जलाई अनुबन्ध गर्ने लिभरपुलको इच्छा, तोडिन सक्छ ब्रिटिस रेकर्ड
-
सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
-
अर्को मोहम्मद रफी कहिल्यै आउने छैनन्
-
छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो
-
रास्वपामा नयाँ संसदीय दलकाे नेता बनाउन यज्ञमणिको सुझाव (१० सुझाव सूची)*