सर्वोच्च परिसरमा एक महिलाद्वारा प्रहरीमाथि कुटपिट
काठमाडौँ । सोमबार सर्वोच्च अदालतमा मुद्दाको तारेख लिन एक महिला कालोकोट लगाएर मुद्दा फाँटमा प्रवेश गरिन् । मुद्दा फाँटमा पुगेर उनले एक्कासी कर्मचारीहरुलाई थर्काउन थालिन् । उनले आफू कुनै एक कानुन व्यवसायीको ल फर्ममा काम गर्ने र तारेख लिन आएको भन्दै कर्मचारीलाई ठुलो स्वरले धम्क्याउन थालिन् ।
मुद्दा फाँटमा हल्ला खल्ला हुन थालेपछि तीन जना महिला प्रहरी सुरक्षाका लागि पुगे । सुरक्षाका लागि पुगेका ती महिला प्रहरीहरुले कालोकोट लगाएकी ती महिलालाई शुरुमा सम्झाउन खोजेका थिए । तर ती महिला एक्कासी महिला प्रहरीमाथि आक्रमणमा उत्रिइन् । उनले ती महिला प्रहरीलाई आक्रमण गर्न थालेपछि थप सुरक्षाकर्मी पुगेर उनलाई नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिएकी ती महिलालाई अहिले प्रहरी वृत्त सिंहदबारमा अभद्र व्यवहारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। ती महिला बाँकेको बैजनाथ गाउँपालिका ८ स्थायी घर भई हाल काठमाडौँको माइतीघरस्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीय लुमा चौधरी रहेको प्रहरीले पुष्टि गरेको छ ।
केही समयअघि काठमाडौँ जिल्ला अदालतमा यस्तै विवाद भएको थियो । जिल्ला अदालतमा कानुन व्यवसायी नानी थापा र सुरक्षामा खटिएका प्रहरीका विचमा विवाद हुदाँ कुटपिटको जाहेरी प्रहरी कार्यालयसम्म पुगेको थियो । उक्त विवाद सेलाउन नपाउँदै सर्वोच्चमा कालोकोट लगाएकी एक महिलाले सुरक्षाकर्मीमाथि आक्रमण गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्ने तयारी
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण