एक वर्षमा २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपालले २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार सो रकम बराबरको २ लाख ९६ हजार मेट्रिक टन फलफूल नेपालमा आयात भएको हो ।
एक वर्षमा फलफूलको कारोबारबाट सरकारले ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस्तै नेपालबाट भने ३ करोड रुपैयाँको मात्रै फलफूल निर्यात भएको भन्सार विभागकाे तथ्यांकमा उल्लेख छ । नेपालले वार्षिक फलफूलको कारोबारबाट २३ अर्ब ४१ करोड घाटा बेहोरेको छ ।
अधिकांश फलफूल भारतबाटै आयात भएको भन्सार विभाग तथ्यांकमा छ । एक वर्षमा भारतबाट २ लाख मेट्रिक टन फलफूल आयात भएको छ । सो बापत १२ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्यांक छ । यस्तै, ११ अर्ब ७ करोड रुपैयाँको चीन, अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकबाट फलफूल आयात भएको हो ।
नेपालीले विदेशबाट आयातित राष्ट्रिय फल ‘सुन्तला’ एक वर्षमा २० हजार मेट्रिक टन उपभोग गरेका छन् । भन्सार विभागका अनुसार नेपालीले १ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० हजार मेट्रिक टन विदेशबाट आयातित राष्ट्रिय फल ‘सुन्तला’ खाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने
-
यु - १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीद्वारा सुदूरपश्चिम पराजित
-
मनसुनजन्य विपद्लाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउने काम भइरहेको छ : मन्त्री सिंह
-
भरतपुर महानगर र ताराखोला गाउँपालिकाबिच भगिनी सम्बन्ध
-
‘अपाङ्गता ऐन कार्यान्वयनका लागि पहल गरिने’
-
स्याङ्जाको चराङमा स्याउ उत्पादन