दुबईमा पक्राउबारे के भने गायक राहतले ?
दुबई । चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान दुबईमा पक्राउ परेको खबर भाइरल भइरहेको छ । यसैबिच राहत फतेह अली खानले आफ्नो गिरफ्तारीको खबरमा प्रतिक्रिया दिएका छन् । गायकले यसलाई अफवाह भनेका छन् ।
एक भिडियो सन्देश जारी गर्दै राहतले आफू दुबई गीत रेकर्ड गराउन आएको र सबै ठिकठाक रहेको बताएका छन् । यस्ता घटिया अफवाहमा ध्यान नदिन उनले भिडियोमा सबैलाई अनुरोध गरेका छन् ।
शत्रुहरूले सोचेको जस्तो केही नभएको पनि उनले बताएका छन् । ‘म छिट्टै मेरो देश, तपाईँहरूको पासमा फर्केर आउनेछु र तपाईँहरूलाई नयाँ गीतले चकित पार्नेछु । म आफ्ना सारा फ्यानहरूलाई यस्ता घटिया अफवाहहरूमा ध्यान नदिन अनुरोध गर्दछु । मेरा श्रोता, मेरा फ्यान नै मेरो तागत हुन्’ भिडियोमा उनले भनेका छन् । सोमबार मात्रै राहत फतेह अली खानलाई दुबई एयरपोर्टमा विमानमा चढ्नबाट रोकिएको र त्यसपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको खबर आएको थियो ।
यी मिडिया रिपोर्टका अनुसार समातेपछि प्रहरीले उनलाई प्रहरी चौकीमा लगेको थियो । जियो न्यूजको रिपोर्ट अनुसार राहत फतेह अली खानका पूर्व प्रबन्धक तथा प्रसिद्ध शोबिज प्रमोटर सलमान अहमदले दुबईमा उनीविरुद्ध मुद्दा दायर गरेका थिए । त्यसपछि गायक पक्राउ परेका हुन् ।
राहतले आफ्ना पूर्व म्यानेजर अहमदलाई जागिरबाट निकालेका थिए । त्यसयता उनी गायकविरुद्ध कारबाही गर्ने कुरा गरिरहेका थिए । दुवैले एक अर्काविरुद्ध मुद्दा समेत दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण