बैंकिङ प्रणालीबाट आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । २१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको माध्यमबाट राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको हो ।
२०८१ साउन ९ गते मध्यान्ह ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको राष्ट्र बैंकले उक्त निक्षेपपत्रको आजै बिक्री गरिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
निक्षेप सङ्कलन बोलकबोलमा भाग दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोडदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
पछिल्लो रिपोर्ट अनुसार बैंकहरुले ६४ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्दै गर्दा जम्मा ५१ खर्ब ४४ अर्ब रुपैयाँ मात्र कर्जा लगानी हुन सकेको छ । साउन २ गतेसम्म ७७.८७ प्रतिशत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कामय गरेका बैंकहरुले ६ खर्ब माथिको तरलता होल्ड गरेर बसेका छन् ।
यसले पनि केन्द्रीय बैंकले नियमित रुपमा निक्षेप सङ्कलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रश्मि रिजाल मृत्यु प्रकरण : सिसिटिभी फुटेज विश्लेषण गर्दा के देखियो ?
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण