मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन

मङ्गलबार, १२ साउन २०८३, १३ : ५२
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन्।
  • साना बचतकर्ता र ठुला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने माग राख्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
  • काठमाडौँको माइतीघर क्षेत्रमा भेला भएर पीडितहरूले आफूहरूको रकम फिर्ता र उचित न्यायका लागि आवाज उठाएका छन्।

काठमाडौँ । मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।

ठूला बचतकर्तालाई सहकारी संस्थासँग मिल्नका लागि विभिन्न निकायबाट दबाब आएको र यसका कारण आफूहरू थप पीडामा परेको भन्दै उनीहरूले मङ्गलबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। साना र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने उनीहरूको माग छ।

sahakari pidit protest (1)

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले छिटोभन्दा छिटो आफ्नो बचत फिर्ताका लागि पहल गर्न आग्रह गरेका छन्।

sahakari pidit protest (2)

साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने माग उनीहरूले राखेका छन्।

sahakari pidit protest (3)

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले साना बचतकर्तालाई केही रकम फिर्ता दिएजस्तो गरे पनि वास्तविक सहकारी पीडितका समस्यामा सरकारले चासो नदेखाएको बताए।

sahakari pidit protest (5)

समस्याग्रस्त घोषणा नगरिएका केही सहकारीले पनि बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेकाले राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ।

sahakari pidit protest (6)sahakari pidit protest (7)sahakari pidit protest (8)sahakari pidit protest (9)sahakari pidit protest (10)sahakari pidit protest (11)sahakari pidit protest (12)sahakari pidit protest (13)sahakari pidit protest (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप