सीमा विवादसम्बन्धी वार्तालाई तीव्रता दिन चीन र भारत सहमत
बेइजिङ । चीन र भारतले आपसी सीमामा रहेको विवाद हल गर्न र सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने सम्बन्धी वार्तालाई तीव्रता दिन सहमति गरेका छन् । नयाँ दिल्लीमा बुधवार बसेको सीमासम्बन्धी वार्ताको ३० औँ चरणको छलफलमार्फत सो सहमति गरेका हुन् ।
उक्त बैठकमा दुवै पक्षले सीमामा रहेको खास समस्याहरूमा केन्द्रित हुन र एक अर्काका जायज चिन्तालाई सम्बोधन गर्ने विषयमा पुग्न पनि सहमति भएको बिहीबार विज्ञप्ति जारी गर्दै चीनको विदेश मन्त्रालयले बताएको छ ।
सो बैठकमा कूटनीतिक र सैन्य च्यानलबाट कुराकानीलाई जारी राख्न, वार्ता गर्ने संयन्त्र निर्माणलाई बलियो पार्न, वार्ता प्रक्रियालाई तीव्रता दिँदै सीमा विवादलाई सकेसम्म छिटै सल्टाउन र आपसी सम्बन्धमा स्वस्थ र स्थिर विकासको प्रवर्द्धनमा जोड दिन पनि दुवै पक्ष सहमत भएका छन् ।
यता, भारतको विदेश मामिला मन्त्रालयले पनि दुवै पक्षले विद्यमान समस्याको छिट्टै समाधान निकाल्ने गरी एलएसीमा अहिलेको अवस्थाको समीक्षा गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण