‘बुलाकी’ युरोप र अष्ट्रेलियामा पनि प्रदर्शन हुने
काठमाडौँ । साउन ३२ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘बुलाकी’ को विभिन्न देशको प्रदर्शन अधिकार बिक्री भएको छ । फिल्मको यु.के., समग्र यूरोप र अष्ट्रेलियाको प्रदर्शन अधिकार एकसाथ बिक्री भएको निर्माता तथा अभिनेता विराज विष्टले जानकारी दिए ।
फिल्मलाई नेपालसँगै एकसाथ विश्व बजारमा प्रदर्शन गर्नेगरी फिल्म वितरण तथा मनोरञ्जनात्मक गतिविधिमा क्रियाशील कम्पनी वि.एस. इन्टरटेन्मेन्टले खरिद गरेको हो । ‘बुलाकी’ निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्राली र विएस इन्टरटेन्मेन्टबिच फिल्म वितरणका बिषयमा सम्झौता भएको विष्टले बताए ।
विष्टले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै नेपालको वास्तविक र मौलिक कथालाई विश्वभर छरिएर रहेका नेपाली फिल्मका दर्शकमाझ साझा गर्न पाउनुलाई महत्वपूर्ण उपलब्धि भनेका छन् । अन्य देशहरूमा पनि फिल्म प्रदर्शनको कुरा अघि बढेको छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकी, सुशील पोखरेल लगायत प्रमुख अभिनयमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण