‘बुलाकी’ युरोप र अष्ट्रेलियामा पनि प्रदर्शन हुने

काठमाडौँ । साउन ३२ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘बुलाकी’ को विभिन्न देशको प्रदर्शन अधिकार बिक्री भएको छ । फिल्मको यु.के., समग्र यूरोप र अष्ट्रेलियाको प्रदर्शन अधिकार एकसाथ बिक्री भएको निर्माता तथा अभिनेता विराज विष्टले जानकारी दिए ।
फिल्मलाई नेपालसँगै एकसाथ विश्व बजारमा प्रदर्शन गर्नेगरी फिल्म वितरण तथा मनोरञ्जनात्मक गतिविधिमा क्रियाशील कम्पनी वि.एस. इन्टरटेन्मेन्टले खरिद गरेको हो । ‘बुलाकी’ निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्राली र विएस इन्टरटेन्मेन्टबिच फिल्म वितरणका बिषयमा सम्झौता भएको विष्टले बताए ।
विष्टले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै नेपालको वास्तविक र मौलिक कथालाई विश्वभर छरिएर रहेका नेपाली फिल्मका दर्शकमाझ साझा गर्न पाउनुलाई महत्वपूर्ण उपलब्धि भनेका छन् । अन्य देशहरूमा पनि फिल्म प्रदर्शनको कुरा अघि बढेको छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकी, सुशील पोखरेल लगायत प्रमुख अभिनयमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ १ अर्थात् ऐतिहासिक विद्यार्थी एकता दिवस
-
रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने
-
कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट
-
प्रहरी नायव निरीक्षक खड्का उत्कृष्ट अनुसन्धानकर्ता
-
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी