नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा टाटाको गाडीमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा
शुक्रबार, १८ साउन २०८१, १७ : ०४
काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बिच विद्युतिय सवारी कर्जाका लागि सम्झौता भएको छ । सम्झौता अनुसार टाटाका विद्युतिय गाडी खरिद गर्दा ग्राहकहरुले हाल कायम बैंकको बेश रेटमा अतिरिक्त १ प्रतिशत गरि कुल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।
अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र टाटा पञ्च इभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिने जनाइएको छ । सहज र झञ्झटरहित तरिकाले ३ कार्यदिन भित्रमा कारोवार रकमको ८० प्रतिशत सम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ ।
टाटाका बिद्युतिय गाडीहरु नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरुको अग्रपक्तीमा रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण