शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विवाह मण्डपबाटै दुलहादुलही पक्राउ

सोमबार, २४ वैशाख २०७५, १६ : २८
सोमबार, २४ वैशाख २०७५

रुकुम– जिल्लाको मुसिकोट नगरपालिकामा आज बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् । 

बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुलहादुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । मुसिकोट नगरपालिका–१० का १७ वर्षीय बालक र नगरपालिका–९ की १६ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । 

प्रहरीले दुलहादुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । ती केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ । प्रहरीको सक्रियतामा जिल्लामा योसहित १६ वटा बालविवाह रोकिएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप