सल्यानमा बन्यो प्रहरी बस्ने घर
ओपेन्द्र बस्नेत
तुलसीपुर– सल्यानको कालीमाटीमा १२ लाख १४ हजार लागतमा इलाका प्रहरी कार्यालको भवन निर्माण गरिएको छ । कालीमाटीमा गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय जनताको जनश्रम दानमा निर्माण गरिएको भवनको उद्घाटन ६ नं. प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले गरेका थिए ।
भवनको उद्घटनै गर्दै प्रहरी नायव महानिरीक्षक शाहले जनतालाई शान्ति सुरक्षा दिने विषयमा कुनै पनि कसर बाँकि नराख्न निर्देशन दिएका छन् । ‘जनताको साथ र सहयोगले प्रहरी बस्ने घर भएको छ,’ प्रहरी नायव महानिरीक्षक शाहले भने, ‘न्याय दिने कुरामा ठूलो,सानो, धनी, गरिब, आफन्त, पराई भन्ने कुरा दिमागबाट झिकेमा मात्रै सच्चा देशभक्ति र इमान्दार सिपाई वन्न सकिन्छ ।’
आफनै भवन भएपछि प्रहरीलाई प्रशासनिक कामकाज देखि अन्य काम र बसोबासका लागि सहज भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरतबहादुर विकले जानकारी दिए । आफै भवन नहुँदा भाडामा बसेर प्रहरीले काम गर्दै आएको थियो ।
५ माघ २०७४ बाट सुरु भएको भवनको निर्माण कार्य २९ चैत्र २०७४ मा सम्पन्न भएको थियो । भवनको ४ वटा कोठा रहेको छ । यस अघि आफनै भवन नहुँदा विभिन्न अभियोगमा पक्राउ गरेका अभियुक्तलाई राख्ने ठाउँ नहुँदा निकै कठिनाई र समस्या व्यहोर्नु परेको इलाका प्रहरी कार्यालय कालीमाटीका प्रमुख प्रहरी नायव निरीक्षक नारायणबहादुर थापाले जानकारी दिए । भाडाको घर समेत पानी चुहिइएर बस्नै नमिल्ने भएपछि गाउँपालिका र स्थानियको पहलमा भवनको निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण