रोहितको टोलीको लज्जास्पद हार
ब्राम्पटन । ग्लोबल टी–२० क्यानडा २०२४ मा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको टोलीले लज्जास्पद हार बेहोरेको छ । सोमबार भएको खेलमा टोरोन्टो नेसनल्स ७ विकेटले पराजित भएको हो ।
टोरोन्टोले प्रस्तुत गरेको ५३ रनको लक्ष्य मोन्ट्रेयल टाइगर्सले ५१ बल अगावै ३ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि कप्तान टिम सेइफर्टले १५ तथा दिलप्रित बाजवाले १२ रनको योगदान दिए ।
पौडेल हिजो पनि टोलीको सुरुवाती ११ मा अटाउन सकेनन् । तर, उनको टोलीले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो ।
टोली ११.१ ओभरमा अलआउट हुँदै ५२ रनमा सीमित बन्यो । टोलीका लागि जतिन्द्रपाल माथारुले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मोन्ट्रेयलका लागि कमिल सानाले ४ तथा अजमतुल्लाह ओमरजाईले ३ विकेट लिए ।
७ खेलपछि ७ अङ्क बटुल्दै टोरोन्टो चौथो स्थानमा सीमित रहेको छ । उता, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको टोली समान खेलबाट ३ अङ्क बटुल्दै तालिकाको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण