बिहीबार, २७ भदौ २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजका विद्यार्थीलाई विदेशमा इन्टर्नसिपको अवसर

मङ्गलबार, २२ साउन २०८१, १४ : ४१
मङ्गलबार, २२ साउन २०८१

काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेजले आफ्ना विद्यार्थीहरूलाई देश तथा विदेशमा इन्टर्नसिपको अवसर प्रदान गर्दै आएको छ ।

 ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले विद्यार्थीहरूलाई थाइल्याण्ड, टर्की, दुबई, जमर्नी, ट्युनिसिया लगायतका देशहरूमा इन्टर्नसिपसहित छात्रवृत्तिमा अध्ययनका लागि अवसर प्रदान गर्दै आएको छ ।

बेलायतका दुई विश्वविद्यालयहरू युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्याण्ड (यूडब्लूई) र लीड्स बेकेट युनिभर्सिटी (एलबीयू)को पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेजले सम्बन्ध वृद्धि गरेका संस्थाहरुमार्फत आफ्ना विद्यार्थीहरूलाई इन्टर्नसिपको अवसर प्रदान गर्दै आएको हो । 

कलेजले प्रदान गरेको अवसरकै कारण हाल २१ वर्षीय अषेश काफ्लेले जमर्नीमा इन्टर्नसिप गर्ने मौका पाएका छन् ।

 साईबर सेक्युरिटी विषयको तेस्रो वर्षमा अध्ययन गरिरहेका काफ्लेले जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा तीन महिने इन्टर्नसिपको अवसर पाएका हुन् । 

उनले कलेजबाट प्राप्त गरेको ज्ञान र सीपलाई अभिवृद्धि गर्ने सुवर्ण मौका पाएका छन् । मेकानिकल इन्जिनियरिङमा हुन लागेको रिसर्च प्रोजेक्टमा काफ्लेले आईटी विभागमा रहेर काम गर्नेछन् ।

आफूले पाएको मौकाबारे काफ्लेले भने, ‘धेरै साथीहरु मिलेर एउटा विषयमा रिसर्च गर्न लागेका छौं जसमा मेरो भूमिका आईटी रहेको छ । मैले त्यहाँ धेरै कुरा सिक्ने अवसर पाउनेमा विश्वस्त छु । ब्रिटिस कलेजले मलाई अन्तर्राष्ट्रिय अवसर प्रदान गरेकोमा म आभारी छु ।’

काफ्लेले जर्मनीको प्रख्यात छात्रवृत्ति ‘ड्याड स्कलरसिप’ प्राप्त गरेसँगै तीन महिना काम गर्ने अवसर समेत प्राप्त गरेका छन् । ब्रिटिस कलेजको सेमेस्टर ब्रेक भइरहेको बेला काफ्ले जर्मनी जान लागेका हुन् ।

यसअघि ब्रिटिस कलेजमै बीबीए विषयमा अध्ययनरत प्रिया दंगाल पनि इन्टर्नसिपका लागि जर्मनी नै गएकी थिइन् । कलेजले विगत दुई वर्षमा १८ जना विद्यार्थीहरुलाई विदेशमा इन्टर्नसिपको लागि सहजीकरण गरेको छ ।

ब्रिटिस कलेजले आफ्ना विद्यार्थीहरुलाई एक्सपोजरको लागि विदेश पठाउने मात्र नभई अन्य देशका विद्यार्थीहरुलाई समेत नेपालमा अवसर प्रदान गर्दै आएको छ । हाल जर्मनीका २४ वर्षीय जोनास ब्राउइक ब्रिटिस कलेजमा नै इन्टर्नसिप गर्दै आएका छन् । 

एक महिना अघि आएका जोनासले नेपालमा काम गर्न सहज रहेको प्रतिक्रिया दिएका छन् ।

विदेशी विश्वविद्यालयको पार्टरशिपमा कलेज सञ्चालन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको ब्रिटिस कलेजले स्थापनाको १३ वर्षमा विश्वमा प्रचलित उपयुक्त शिक्षण पद्धति तथा अतिरिक्त क्रियाकलापमार्फत ग्राजुयटहरु स्थानीयस्तरदेखि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरसम्म प्रतिस्पर्धी बनाउँदै आएको छ । 

कलेजका ग्राजुयटहरु अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पेशा तथा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप