राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री ओली सहभागी
मङ्गलबार, २२ साउन २०८१, १४ : ५२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी भएका छन् । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा पहिलो पटक उनी सहभागी भएका हुन् ।
बैठक दुई बजे बोलाइएको भएपनि प्रधानमन्त्री ओली करिब पौने ३ बजे पुगेका छन् । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो । तर प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण